आईसीसी च्याम्पियन्स ट्रफी

दुवईमा भिडदैछन् भारत र न्युजिल्यान्ड : कसले हत्याउला उपाधि?

हिमाल प्रेस २५ फागुन २०८१ ७:०३
12
SHARES
दुवईमा भिडदैछन् भारत र न्युजिल्यान्ड : कसले हत्याउला उपाधि?

काठमाडौँ- आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल आज (आइतबार) दुबईमा हुँदैछ। उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दैछन्। यी दुई टोलीमध्ये उपाधि विजेता कुन टोली बन्छ सहज भन्न सकिँदैन। टोली इतिहास र प्रदर्शन हेर्दा दुवैलाई कम अनुमान गर्न सकिँदैन।

न्युजिल्यान्डले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएर फाइनल पुग्दा अस्ट्रेलियालाई पराजित गर्दै भारत उपाधि भिडन्तमा पुगेको हो।

यस्तो छ यसअघिको खेल
समूह चरणमा नै भारत र न्युजिल्यान्ड भेट भइसकेका छन्। उनीहरू एकै समूह रहेका थिए। भारतले न्युजिल्यान्डलाई ४४ रनले हराइसकेको छ। भारत भने फाइनल पुग्ने पहिलो टिम बनेको थियो । टोलीले पनि सेमिफाइनलमा अस्ट्रेलियासामु उत्तिकै प्रभावशाली जित निकालेको थियो।
यस्तो छ इतिहास

आईसीसीको ३ वटै फर्म्याटका प्रतियोगितामा भारत र न्युजिल्यान्डबीच १६ खेल भएका छन्।

जसमा १० खेलमा न्युजिल्यान्ड र ६ खेलमा भारतले जित हासिल गरेको छ। यद्यपि, एकदिवसीय क्रिकेटमा भने दुवै टिमले बराबरी खेल जितेका छन्। अर्थात् यी दुई टिमबीच १२ खेल हुँदा दुवैले समान ६-६ जित निकालेका छन्।

प्रकाशित: २५ फागुन २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast