पत्रकार कृष्णमणि बराल पुरस्कृत

हिमाल प्रेस २४ फागुन २०८१ २०:२४
2
SHARE
पत्रकार कृष्णमणि बराल पुरस्कृत

पोखरा– प्रेस क्लब पत्रकारिता पुरस्कार–२०८१ बाट कृष्णमणि बराल सम्मानित भएका छन्।

शनिबार प्रेस क्लब गण्डकीले आयोजना गरेको समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नगद ५० हजार र सम्मानपत्रसहित बराललाई सम्मान गरे।

पत्रकारितामार्फत समाजको बृहत्तर हितमा योगदान पु¥याएको कदरस्वरुप प्रेस क्लब गण्डकीको कार्यसमिति बैठकले पोखराका पत्रकार बराललाई उक्त पुरस्कार दिने निर्णय गरेको संस्थाका अध्यक्ष एकराज गिरीले जानकारी दिए। यो पुरस्कार प्राप्त गर्ने बराल पहिलो हुन्।

समारोहमा बोल्दै सभामुख घिमिरले मुलुकमा कानून अभावमा धेरै बेथिति बढेको बताए। सामाजिक सञ्जालमार्फत बढेको विकृति, विसंगति नियन्त्रण र नियमन गर्न आवश्यक देखिएकोले कानून बनाउन लागेको बताए।

गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोकतन्त्रविरोधी गतिविधि बढीरहेकोले त्यसप्रति सचेत हुनुपर्ने बताए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले पनि सम्बोधन गरेका थिए।

प्रकाशित: २४ फागुन २०८१ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast