लेखक बालिका वान्तवाको जीवनकथामा आधारित उपन्यास ‘प्याउली’ लोकार्पण

हिमाल प्रेस २४ फागुन २०८१ १४:४५
32
SHARES
लेखक बालिका वान्तवाको जीवनकथामा आधारित उपन्यास ‘प्याउली’ लोकार्पण

काठमाडौँ– लेखक बालिका वान्तवाको उपन्यास ‘प्याउली’ लोकार्पण गरिएको छ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दै पुस्तक लोकार्पण गरिएको हो।

लेखक वान्तवाले मनभित्रको उकुसमुकुस पोख्ने क्रममा प्याउली जन्मिएको बताइन्। ‘मैले आफ्नै हृदय निचोरेर लेख्ने क्रममा प्याउली जन्मिएको हो,’ उनले भनिन्।

उपन्यास लेखक बान्तवासहित कवि तथा गीतकार उषा शेरचन, समालोचक प्रा. विन्दु शर्मा, सन्चारिका समुहकी अध्यक्ष विमला तुम्खेम्बाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।

पुस्तकबारे चर्चा गर्दै कवि तथा समालोचक प्रा. विन्दु शर्माले उपन्यास लेखककै जीवनकथामा आधारित रहेको खुलाइन्।

लेखकको आफ्नै जीवन कथालाई उपन्यासको रूप दिइएको छ।ू उनले भनिन्, ‘उपन्यासको कथा पात्रको परिचय र उसले भोगेको जीवनको घटनाक्रम अनुसार पाठक केन्द्रित गरिएको छ।

आत्मकथा रख्यानबीचको भेदलाई उपन्यासमा शैलीगत रूपमा तृतीय पुरूष दृस्टिविन्दुको प्रयोग गरिएको उनले बताइन्।

त्यस्तै सन्चारिका समुहकी अध्यक्ष तथा साहित्यकार विमला तुम्खेम्बाले उपन्यासमा प्रेमकथा समेटिएको बताइन्। उनले पनि लेखकले नै बाँचेको जीवनलाई उपन्यासमा जस्ताको तस्तै उतारेको उल्लेख गरिन्।

उपन्यासले प्रायः नेपाली महिलाले बाँचेको जीवन गाथा बोल्ने उनको बुझाइ छ।
उनका अनुसार उपन्यासमा मुख्य पात्र नै प्याउली हुन। कवि, गीतकार तथा आख्यानकार उषा शेरचनले पनि लेखकको आत्मबाट निस्किएको भावनालाई उपन्यासमा उतारेको बताइन्।
कलरव धरानले प्रकाशन गरेको पुस्तक लोकार्पण कार्यक्रम सम्भव समूहले आयोजना गरेको हो। पुस्तकको मुल्य पाँच सय रूपैयाँ तोकिएको छ।

प्रकाशित: २४ फागुन २०८१ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast