वामदेवले भने : ओलीले बोलाए एमालेमै जान्छु, माधव नेपाललाई पक्का आउँछु भनेको थिइन

हिमाल प्रेस २४ फागुन २०८१ १२:२९
56
SHARES
वामदेवले भने : ओलीले बोलाए एमालेमै जान्छु, माधव नेपाललाई पक्का आउँछु भनेको थिइन

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आफू एमालेमा जाने सम्भावना अझै जीवित रहेको बताएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए आफू एमालेमा जान तयार रहेको बताएका छन्।

यसअघि पनि वामदेव एमाले प्रवेश गर्ने हल्ला थियो। तर ओलीले आश मात्र देखाएको भन्दै वामदेव ‘व्याक’ भएका थिए। एमाले नेताहरूले पनि वामदेव एमाले प्रवेश गर्ने दाबी गरेका थिए। तर, त्यो सत्य भएन।

कतिपयले वामदेव एकीकृत समाजवादी प्रवेश गर्न लाग्दा ओलीले रोकेको आरोप लगाएका थिए। तर वामदेवले भने आफूले माधव नेपालसँग प्रवेश गरिहाल्छु नभनेको प्रस्ट्याएका छन्।  समाजवादी प्रवेश गर्नका लागि भने वामदेवका लागि पददेखि वरीयता समेत मिलेको थियो। तर एमाले प्रवेश गर्ने लोभमा वामदेव रोकिएका थिए।

त्यसपछि उनी कुनै पार्टी प्रवेश गर्न पाएनन्। अब फेरि वामदेव एमाले प्रवेश गर्न खोजिरहेका छन्।

वामदेव गौतमले एमालेमा ‘प्यार’ देखाउँदा कार्यकर्ता माओवादीमा!

वामदेव एमालेमा भित्रिँदै

ढुलमुले वामदेव : ओलीको उधारो आश्वासनमा पर्दा समाजवादीलाई धोका!

प्रकाशित: २४ फागुन २०८१ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast