के सौगात-सृष्टि फेरि प्रेम सम्बन्धमा छन्?

हिमाल प्रेस २४ फागुन २०८१ ९:४५
28
SHARES
के सौगात-सृष्टि फेरि प्रेम सम्बन्धमा छन्? सौगात मल्ल र सृष्टि श्रेष्ठ। तस्बिर : फेसबुक

काठमाडौँ- पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल कुनैबेला लामो समय प्रेम सम्बन्धमा थिए। उनीहरू प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको हल्ला पनि फिल्म क्षेत्रमा चलेको थियो।

आफूहरू सम्बन्धमा रहेको दुवैले स्वीकारेका पनि थिए। तर, सम्बन्ध लामो समय टिकेन। उनीहरू प्रेम सम्बन्धमा नरहेको कुरा पनि बाहिरियो। तर, अहिले फेरि ब्याचअप भएको पनि हल्ला चल्न थालेका छन्। यसबारे सौगात मौन छन्। यता, सृष्टिले भने केही संकेत देखाएकी छन्।

सृष्टि फिल्म ‘११ः५५’ मा अभिनीत छन्। जुन फिल्म रिलिज हुने क्रममा छ। यही फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सृष्टिलाई विवाह र इन्गेजमेन्टबारे प्रश्न सोधिएको थियो।

जबाफमा उनले आफूहरूबीच अहिले पनि राम्रो सम्बन्ध रहेको संकेत गरेकी थिइन्। तर, भोलिका दिनमा के हुन्छ हेरौं भन्दै सम्भावनातर्फ संकेत गरेकी छिन् ।

प्रकाशित: २४ फागुन २०८१ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast