 
                             
                                            काठमाडौँ- फिल्म ‘लाज शरणम्’ले पछिल्ला दिनमा कमाइ सार्वजनिक गर्न छाडेको छ।
प्रदर्शनको पहिलो दिन बुधबार एक करोड १० लाख रुपैयाँभन्दा बढीको कमाइ सार्वजनिक गरे पनि त्यसयताको कमाइ सार्वजनिक भएको छैन। निर्माण टिमले लगानी उठिसकेको दाबी गरेको छ।
‘फेरि रेशम फिलिली’ र ‘मायावी’सँगै रिलिजमा आएको ‘लाज शरणम्’ले तुलनात्मक रूपमा दुईवटाले भन्दा धेरै शो पाएको छ ।
कुमार कट्टेलको निर्देशनमा रहेको चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।
जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।
                            प्रकाशित: २४ फागुन  २०८१ ९:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 