
काठमाडौँ- आजदेखि युगाण्डामा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला कप सुरु हुँदैछ।युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी २०आई शृंखलामा आज दुई खेल हुँदैछन्।
पहिलो खेलमा युगाण्डा र हङकङ खेल्दैछन्। दोस्रो खेलमा नेपाल र नामिबिया खेल्ने छन्। नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ। नेपालले महिला क्रिकेटमा पहिलोपटक नामिबियासँग खेल्न लागेको हो। यस शृंखलामा खेल्ने अन्य टोलीहरूसँग भने नेपाल पहिले पनि खेलिसकेको छ।
नेपालले फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ। त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ। यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालको टोली :
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट