बढ्यो डलर, कति छ जापानी येन?

हिमाल प्रेस २४ फागुन २०८१ ६:४७
10
SHARES
बढ्यो डलर, कति छ जापानी येन?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ १४ पैसा कायम भएको छ।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ९५ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ।

आज कुवेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ २० पैसा छ। बहराइन दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूयैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ८३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित: २४ फागुन २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast