२४ फागुनको राशिफल : वृषको व्यावसायिक यात्राको सम्भावना, तुलाको नसोचेको धन लाभ हुने [अरू कस्तो?]

हिमाल प्रेस २४ फागुन २०८१ ६:२०
268
SHARES
२४ फागुनको राशिफल : वृषको व्यावसायिक यात्राको सम्भावना, तुलाको नसोचेको धन लाभ हुने [अरू कस्तो?]

मेष
काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। मन खुसी रहनेछ ।

वृष
नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मिथुन
धेरैले विश्वास गर्नेछन्। सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् भने रमाइलो यात्राको योग रहेको छ ।

कर्कट
समय साथीभाइसँग रमाइलोमा बित्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

सिंह
प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ ।

कन्या
प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्।

तुला
नसोचेको धन लाभ हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ ।

वृश्चिक
आम्दानी प्रशस्तै बढ्नेछ। परिवारसँग मनमुटाव हुने देखिन्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

धनु
सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रसन्न रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

मकर
ब्यापार ब्यवसायबाट त्यति लाभ मिल्नेछैन। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ
सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाइको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ ।

मीन
आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।

प्रकाशित: २४ फागुन २०८१ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast