फागुन २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन दशक मेला

हिमाल प्रेस २३ फागुन २०८१ १७:४९
10
SHARES
फागुन २६ र २७ गते  आन्तरिक रोजगार प्रवद्र्धन दशक मेला

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवद्र्धन दशकको पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ।

शुक्रबार श्रम मन्त्रालयमा पत्रकार सम्मेलन गरेर फागुन २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन मेला आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको हो।

पत्रकार सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मेलाको आयोजनाबाट वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र पुँजीको उत्पादनशील क्षेत्रलाई सहयोग पुग्ने बताए।

उनले मेलामा तीनै तहका सरकार तथा निजी क्षेत्रको संलग्नता रहने जानकारी दिए।

भण्डारीले मेलाबाट आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।

सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुलाई नियमनमात्रै हैन, प्रवद्र्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको उनले बताए।

रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी सम्मेलनमा ५ सय जनाको सहभागिता हुने श्रम मन्त्रालयले जनाएको छ।

अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको मन्त्रालयले जनाएको छ। सरकारले यसअघि २०५४, ०६१, ०६९ र ७६ मा यो सम्मेलन गरेको थियो।

मेलामा वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरू पनि सहभागी हुनेछन् भने रोजगारविज्ञ र रोजगारदाता कम्पनीको पनि सहभागिता रहने श्रम मन्त्रालयको भनाइ छ।

प्रकाशित: २३ फागुन २०८१ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast