सप्तरीबाट दुई टनबढी गाँजा बरामद

हिमाल प्रेस २३ फागुन २०८१ १४:४२
10
SHARES
सप्तरीबाट दुई टनबढी गाँजा बरामद

काठमाडौँ- प्रहरीले सप्तरीबाट दुई टनबढी लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले राजविराज नगरपालिका–९ मलेठस्थित राजनारायण साहको घरबाट दुई हजार ४१९ किलो ५ सय ग्राम गाँजा बरामद गरेको हो।

साहको घरमा रहेको गोदाममा गाँजा लुकाएर राखेको गोप्य सूचनाको आधारमा छापा हान्दा यो परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार खानतलासीका क्रममा प्लास्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा ८० बोरा गाँजा बरामद भएको हो।

प्रहरीले गोदाममा बस्दै आएका एक जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुबनी ग्राम पञ्चायत कुकुरदौरा–१० छातापुर बस्ने ६६ वर्षीय रामनारायण यादव रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवमाथि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २३ फागुन २०८१ १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast