
काठमाडौँ- देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण हिमपातको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहानको समयमा कोशी, बागमती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली देखिन सकिन्छ। बाँकी भूभागमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहनेछ।
दिउँसोको समयमा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ।