काठमाडौँको सलम्बुटारमा टिपर अनियन्त्रित भएर आश्रयस्थलको कोठामा पल्टिँदा तीन जनाको मृत्यु

हिमाल प्रेस २३ फागुन २०८१ ७:३४
18
SHARES
काठमाडौँको सलम्बुटारमा टिपर अनियन्त्रित भएर आश्रयस्थलको कोठामा पल्टिँदा तीन जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँको शंकरापुर नगरपालिका-६, सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर अनियन्त्रित भएर पल्टिँदा तीन जनाको मृत्यु भएको छ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) द्वारा सञ्चालित उक्त आश्रयस्थलमा आज बिहान ३ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर आश्रयस्थलमा पुगेको थियो।

अनियन्त्रित टिपरको ठक्करबाट २१ वर्षका दुई जना र ४५ वर्षका एक गरी तीन जनाको मृत्यु भएको बौद्ध प्रहरीले हिमालप्रेसलाई जानकारी दिएको छ।

प्रहरीका अनुसार टिपर चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रकाशित: २३ फागुन २०८१ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast