एसईई नजिक आए पनि शिक्षक आन्दोलन रोक्नुहुन्न : अध्यक्ष तिवारी

हिमाल प्रेस २३ फागुन २०८१ ७:०८
984
SHARES
एसईई नजिक आए पनि शिक्षक आन्दोलन रोक्नुहुन्न : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले भाेलिको आन्दोलनलाई प्रभावकारी बनाई शिक्षा क्षेत्रमा रहेको समस्यालाई सम्बोधन गर्न आवश्यक भएको बताएका छन्।

उनले भने,‘आन्दोलन गर्नको लागि दृढ आँट हुनु जरुरी छ, होइन भने सरकारको ध्यान आकर्षित गर्न सकिन्न। एसईईको मिति सार्नको लागि सरकारलाई दबाब दिनैपर्छ। कोभिड-१९ का समयमा पनि गरिएको थियो।’

उनले आन्दोलनको उद्देश्य र प्रभावको बारेमा थप भने,‘इतिहासले देखाएको छ कि आन्दोलनको असर कहाँ पर्छ। हामीले के हासिल गर्न चाहन्छौं भन्ने स्पष्ट हुनुपर्छ।’

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै भोलि शनिबार काठमाडौँमा बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ।

याे पनि

वार्षिक परीक्षाको मुखमा राजधानी केन्द्रित आन्दोलनमा शिक्षक कर्मचारी

प्रकाशित: २३ फागुन २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast