विराट गोल्डकपमा नेपाल पुलिस क्लब विजयी

हिमाल प्रेस २३ फागुन २०८१ ६:४१
14
SHARES
विराट गोल्डकपमा नेपाल पुलिस क्लब विजयी

मोरङ- विराटनगरको सहिद र‌गशालामा ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका बिहीबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ।

विराट गोल्डकप ट्रष्टद्वारा आयोजित उक्त प्रतियोगितामा पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ एफसीलाई २–० गोलले पराजित गरेको छ।

प्रतियोगिताको मध्यान्तरपछि नेपाल पुसिल क्लबका जर्सी नं २१ का अरूण गाहाले ६६ मिनेट र जर्सी नं ९ का मनिष सेढाईँले ८७ मिनेटमा एक–एक गोल गरी आफ्नो क्लबलाई सेमिफाइनलमा पुर्‍याउन सफल भएका छन्। खेलको म्यान अफ दी म्याच भएका पुलिस क्लबका मनिष सेढाईँले ११ हजार नगद प्राप्त गरेका छन्।

खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र पूर्वविजेता थ्रीस्टार क्लबबीच साँझ ६:३० बजे हुने ट्रष्टले जनाइएको छ। प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन्।

प्रतियोगितको विजेतालाई नगद ११ लाख, उपविजेतालाई पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार दिइने प्रबन्ध गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: २३ फागुन २०८१ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast