
काठमाडौँ- जनकपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ।
जनकपुर–काठमाडा उाडान नम्बर ५०६, जहाज ९ एन–एनएचमा प्राविधिक समस्या देखिएको हो। काठमाडौँका लागि उडेसँगै जहाजको अगाडिको पांङ्ग्रा जनकपुर विमानस्थलमा खसेको थियो। अगाडिको पांङ्ग्राविना आएको जहाजलाई काठमाडौँ विमानस्थलमा अवतरण गराइएको थियो।
प्राविधिक समस्या देखिए पनि जहाजलाई काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जनाएको छ। काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा जहाजको ‘टायर स्लाइड’ भएको बुद्ध एयरको भनाइ छ।।
जहाजमा प्राविधिक गडबडी देखिएकोले प्राविधिक टिमलाई हस्तान्तरण गरिएको बुद्ध एयरले जनाएको छ।
प्रकाशित: २२ फागुन २०८१ १९:४२
प्रतिक्रिया