धनुषाका बजारमा नक्कली चुरोटको बिक्री

हिमाल प्रेस २२ फागुन २०८१ १८:५०
14
SHARES
धनुषाका बजारमा नक्कली चुरोटको बिक्री

काठमाडौँ- जनकपुरधामलगायत धनुषाका बजारहरूमा नक्कली चुरोटको बिक्रीवितरण बढेको पाइएको छ। प्रहरीसहित सूर्या नेपालका प्रतिनिधिले गरेको अनुगमनको क्रममा नक्कली चुरोटको बिक्रीवितरण भइरहेको पाइएको हो।

नक्कली चुरोटको बिक्रीवितरण भइरहेको गुनासो आएपछि सूर्या नेपालका प्रतिनिधि, प्रहरीसहितको टोलीले धनुषाका बजारहरूमा अनुमगन गरेको थियो। अनुगमनको क्रममा भारतबाट अवैध तरिकाले भित्र्याइएका सूर्या नेपालको खुकुरी चुरोटका नक्कली चुरोटको बट्टाहरू भेटिएको छ।

धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वामा करणअर्जुन किराना पसलाबाट दश प्याकेट, मिथिलाबिहारी नगरपालिकाको विभिन्न किराना पसलबाट सयौँको संख्यामा नक्कली चुरोटका बट्टाहरू बरामद भएको सूर्या नेपालका प्रतिनिधिले जनाएका छन्।

खुकुरी चरोटजस्तै नक्कल गरिएको नक्कली चुरोटको बट्टामा गोल्ड स्टेप टावाको प्रालि लेखिएको छ भने यी चुरोट प्रतिखिल्ली पाँच रुपैयाँमा बिक्री हुँदै आएको पाइएको छ। जबकि सूर्या टोवाकोले उत्पादन गरेको खुकुरी चुरोट प्रतिखिल्ली दश रूपैयाँमा बिक्री हुने गरेको छ।

सूर्या टोवाको कम्पनीका प्रतिनिधिका अनुसार खुकुरी चुरोटको नक्कली बट्टाहरू भारतबाट उत्पादन भई चोरबाटोबाट नेपाल पैठारी हुँदै आएको छ। पटकपटक अनुगमन गरी नक्कली चुरोट बेचे कानुनी कारबाही हुने चेतावनी दिँदा पनि यो क्रम नरोकिएको सूर्या टोवाको कम्पनीका प्रतिनिधिको भनाइ छ।

भारतबाट अवैध तरिकाले नक्कली चुरोट पैठारी गरेर सरकारलाई करोडौँ राजश्वको क्षति भइरहे पनि सम्बन्धित निकाय मौन देखिएको उनको भनाइ छ।
अनुगमनका क्रममा बरामद गरिएका नक्कली चुरोट प्रहरीको जिम्मा लगाइएको छ।

प्रकाशित: २२ फागुन २०८१ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast