
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्न सक्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित नेपाल भूतपूर्व सैनिक संघको छौठौँ महाधिवेशनको उद्घाटन गर्दै उनले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको र कांग्रेस बलियो भएमात्र मुलुक समृद्ध हुने बताएका हुन्।
देउवाले भने, ‘लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चत हुन्छ। सबै भातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ। नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ। यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ।’
उनले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए। देउवाले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको उल्लेख गरे।
गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको जानकारी गराउँदे उनले गोरखा भर्तीका समस्या समाधानका लागि कूूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाए।
उनले भने,‘नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु। गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ। साथीहरूको सुझाव लिएर भोलका दिनमा समस्या समाधानका लागि कूटनीति तहमा कुरा अगाडि बढाइनेछ। नेपाली भूतपूर्व सैनिकको पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु। समस्या समाधानका लागि हामी लारिहने छौँ।’
सहमहामन्त्री भष्मराज आङदेम्बेले भूतपूर्व सैनिकको त्याग, तपस्या र बिलदानले नेपाली कांग्रेसले यो स्थान हासिल गर्न सफल भएको बताए।
नेपाली कांग्रेसलाई थप व्यवस्थित बनाउत आनुशासनको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने उल्लेख गरे।