३ राउन्ड हवाई फायर गरेर प्रहरीले पक्राउ गर्‍यो गाँजा तस्कर

विवेक विवश रेग्मी २२ फागुन २०८१ १२:४१
16
SHARES
३ राउन्ड हवाई फायर गरेर प्रहरीले पक्राउ गर्‍यो गाँजा तस्कर

इटहरी- धरानमा प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार बुधबार मध्यरातमा धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा गोली चलाएर २२५ किलोग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ४३ वर्षीय हरिकुमार राई रहेका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको तिम्सिनाले जानकारी दिए।

प्रहरीलाई देख्नसाथ विष्णुपादुकाबाट रेलवेतर्फ आउने जंगलको भित्री बाटोमा गाँजा फालेर फरार भएका थिए। जंगलतर्फ फरार भएको समूहलाई नियन्त्रणमा लिनका लागि गोली चलाइएको तिम्सिनाले बताए।

लागूऔषध गाँजा ओसारपसारमा संलग्न भरियालाई नियन्त्रणमा लिने क्रममा ‘टाइप–५४’ पेस्तोलबाट तीन राउन्ड हवाईफायर गरिएको हो ।

गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रकाशित: २२ फागुन २०८१ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast