
काठमाडौँ- च्याम्पियन ट्रफीको शृंखला चलिरहँदा क्रिकेटहरू भने खेल जीवनबाट अवकाश लिने क्रम पनि चलिरहेको छ।
लामो समय अस्ट्रेलियन टिमबाट खेलेका अनुभवी स्टिव स्मिथले एक दिवसीय शृंखलाबाट संन्यास लिएको खबर सेनाउन नपाउँदै अर्का एक क्रिकेट पनि एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट अलग भएका छन्।
बंगलादेश क्रिकेट टिमका पूर्वकप्तान तथा विकेटकिपर ब्याटर मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। ३७ वर्षीय मुस्फिकरले अहिलेकै मितिदेखि लागु हुनेगरी एकदिवसीय क्रिकेटबाट संन्यास लिएको आईसीसीले जनाएको छ।
उनले २७४ खेलमा ९ शतकसहित ७ हजार ७९५ रन बनाएका छन् । त्यस्तै विकेटकिपरको रूपमा २४३ क्याच तथा ५६ स्टम्पिङ गरेका छन् ।
प्रकाशित: २२ फागुन २०८१ ८:५४
प्रतिक्रिया