
बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाको सम्बन्ध चिसिएको खबर बाहिरिरहेका छन्। उनीहरूको सम्बन्ध लामो समय अघि नबढ्ने चर्चा समेत चलिरहेका छन्।
३७ वर्ष लामो वैवाहिक सम्बन्ध बिट मार्ने तयारी भइरहेको उनीनिकटस्थ बताइरहेका छन्। यस्ता खबर बाहिरिए पनि स्वयम् गोविन्दा र सुनिता भने यी खबर स्वीकारी रहेका छैनन्। हालसम्म यो विषयमा गोविन्दा मौन छन्।
उनले सुनितासँगको सम्बन्ध खुलेका छैनन्। यता सुनिताले भने मौनता तोडेकी छन्। उनले घुमाउरो शैलीमा गोविन्दासँगको सम्बन्ध नचिसिएको दाबी गरेकी छन्। एक भारतीय टेलिभिजनसँग अन्तर्वार्ता दिने क्रममा सुनिताले गोविन्दासँग छुट्टै बसे पनि सम्बन्ध नटुट्ने बताएकी छन्।
उनले भनेकी छन्,‘यो संसारमा कसैले मलाई र गोविन्दलाई अलग गर्न सक्छ होला र!’ तर उनीहरू निकटहरूको भनाइमा सुनितले उनलाई सम्बन्धविच्छेदको सूचना पठाएको खबर बाहिरिएका थिए। तर अहिले सम्बन्ध राम्रो बनेको छ।
गोविन्दका एक वकीलका अनुसार सुनिता आहुजाले ६ महिनाअघि उनलाई सम्बन्धविच्छेदको सूचना पठाएकी थिइन् र अब दुवैले आफ्नो सम्बन्ध सुल्झाइसकेका छन् ।