
काठमाडौँ- नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसंघ केन्द्रीय सदस्य धर्मराज शाहीले कर्णाली प्रदेशको विकट जिल्ला मुगुका दुईवटा विद्यालयमा विधार्थीलाई शैक्षिक छात्रवृत्ति तथा शैक्षिक सामाग्री झोला वितरण गरेका छन्।
मुगुको सोरु गाउँपालिकाको वडा नं ९ कालैको विजय मावि र सोही पालिका वडा नं ८ को बालज्योति निमावि गिलाहाँका विद्यार्थीलाई झोला प्रदान गराएका हुन्।
नेपाली कांग्रेस मुगुका पुराना नेता एवं उनका पिता दानबहादुर शाहीको नाममा गतवर्ष दानबहादुर शाही उत्कृष्ट शैक्षिक उपलब्धि पुरस्कारको घोषणा गरी अक्षकोषको स्थापना गरिएको थियो।
गत वर्षको एसईई परीक्षामा विजय मावि कालैबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई उच्च शिक्षा अध्यनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेबमोजिम बिधालयमा छात्रवृति रकम वितरण गरिएको हो।