अग्नि खरेल, फेरि ओलीको सल्लाहकार

हिमाल प्रेस २२ फागुन २०८१ ६:४०
62
SHARES
अग्नि खरेल, फेरि ओलीको सल्लाहकार एमाले नेता अग्नि खरेल।

काठमाडौँ- यसअघि केपी ओली प्रधानमन्त्री हुँदा लामो समय महान्यायधिवक्ता भएर काम गरेका एमाले नेता अग्नि खरेल फेरि सल्लाहकार बन्ने भएका छन्।

झापाबाट राजनीति गर्ने खरेल ओलीको यसअघिको कार्यकालमा प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा रहने महान्यायधिवक्ता बनेका थिए। संसद् विघटनजस्तो असंवैधानिक कदममा ओलीलाई प्रश्रय दिएर त्यसबेला खरेल विवादमा समेत परेका थिए।

उनले त्यसबेला राजीनामा समेत दिएका थिए। तर, अहिले फेरि खरेल ओलीको सल्लाहकार बन्ने भएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। विज्ञ सल्लाहकारले राज्यमन्त्री सो सरह सुविधा पाउँछ। गएको प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट उठेका खरेल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित बनेका थिए।

प्रकाशित: २२ फागुन २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast