२२ फागुनको राशिफल : वृषको पढाइलेखाइमा प्रगति हुने, कुम्भको काममा सफलता मिल्ने

हिमाल प्रेस २२ फागुन २०८१ ६:१४
10
SHARES
२२ फागुनको राशिफल : वृषको पढाइलेखाइमा प्रगति हुने, कुम्भको काममा सफलता मिल्ने

मेष
स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका कामहरु सुचारु हुनेछन्।

वृष
श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइलेखाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने समय छ ।

मिथुन
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ ।

कर्कट
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

सिंह
साथीभाइको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।

कन्या
पढाइलेखाइमा प्रगति हुनेछ। आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।

तुला
काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडि बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

वृश्चिक
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

धनु
व्यापार ब्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ ।

मकर
काममा परिवारको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।

कुम्भ
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ। अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ।

मीन
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

प्रकाशित: २२ फागुन २०८१ ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast