काठमाडौँबाट डाइभर्ट भएको चिनियाँ जहाज भैरहवामा अवतरण

हिमाल प्रेस २१ फागुन २०८१ २०:१३
34
SHARES
काठमाडौँबाट डाइभर्ट भएको चिनियाँ जहाज भैरहवामा अवतरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा

लुम्बिनी– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण हुन नसकेपछि चीनबाट आएको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवरतण गरिएको छ।

चिनको छेन्दुबाट नियमित रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा उडान हुँदै आएको एयर चाइना ४३७ जहाज बुधबार अपरान्ह ४ः१६ बजे अवतरण भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराब भएपछि जहान डाइभर्ट भई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका सूचना अधिकारी विनोद राउतले जानकारी दिए। विमान बेलुका ७ : २२ मा काठमाडौँका लागि उडेको उनले बताए।

उनका अनुसार यसअघि पनि केही जहाजहरु काठमाडौँबाट डाईभट भएर यहाँ अवतरण हुँदै आएको छ।

‘त्रिभुवन विमानस्थलमा मौसम खराब भयो वा केही प्राविधिक समस्या आउँदा गौतमबुद्ध विमानस्थलमा विमान अवतरण गर्न सकिन्छ भन्ने उदाहरण हो,’ प्रवक्ता राउतले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार नभएको भए भारत वा अन्य छिमेकी मुलुकका विमानस्थलमा अवतरण गर्नुपर्ने बाध्यता रहन्थ्यो। भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बनेपछि यहाँबाट नियमित उडानसँगै वैकल्पिक विमानस्थल बनेको हो।

अहिले भैरहवाबाट नियमित रुपमा चार वटा विमानले उडान भरिरहेका छन्। फ्लाई दुबई, जजिरा र थाईएयर एसिया र नेपाल एयरलायन्सले उडान भरिहेका छन्।

फ्लाई दुबईले दैनिक उडान भरिरहेको छ भने जजिरिाले हप्ताको तीन दिन र थाईएयर एसियाले सोमबार र विहिबार उडान भर्दै आएको छ। विमानस्थलका अनुसार फेब्रुअरी महिनामा मात्रै कुल ११५ उडान र अवतरण भएका छन्।

मौसम र प्राविधिक रुपमा विमानस्थल अनुकुल भएकाले अहिले उडानमा कुनै पनि अवरोध छैन। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरीमा ११५ उडानबाट ६ हजार ७ सय ७९ यात्रुले आवातजावत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast