बन्चरो प्रहारबाट महिलाको मृत्यु

हिमाल प्रेस २१ फागुन २०८१ १८:४९
32
SHARES
बन्चरो प्रहारबाट महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

पोखरा– तनहुँको व्यास नगरपालिकामा बन्चरो प्रहारबाट एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ब्यास नगरपालिका–९ कुमालगाउँकी ६६ वर्षीया विष्णुमाया कुमाल हुन्।

बुधबार बिहान साढे ७ बजे आफ्नै घरअगाडि विष्णुमायालाई घोप्टो परेको अवस्थामा स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय, तनहुँबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा विष्णुमायाको टाउकोमा बन्चरो प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको आरोपमा ब्यास–९ निवासी ३० वर्षीय शिवशंकर भन्ने शंकर कुमाललाई नियन्त्रणमा लिएको छ।

यो घटनामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

प्रकाशित: २१ फागुन २०८१ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast