नेपाली महिला क्रिकेट टोलीको बिदाइ

हिमाल प्रेस २१ फागुन २०८१ १८:३८
4
SHARES
नेपाली महिला क्रिकेट टोलीको बिदाइ तस्बिर : क्यान

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

क्यानले एक कार्यक्रमको आयोजना गरी नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो। यही फागुन २४ गतेदेखि हुने उक्त शृंखलामा नेपालसहित युगाण्डा, हङकङ र नामिबिया सहभागी छन्।

क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए। नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन्।

त्यसैगरी नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए। नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ।

त्यसैगरी फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यस्तै फागुन २८ गते नामिबियासँग, २९ गते युगाण्डासँग र ३० गते हङकङसँग खेल्नेछ। यी सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित रुविना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, सना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन्।

प्रकाशित: २१ फागुन २०८१ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast