तीव्र हावाका कारण त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित, ६ वटा विमान होल्डमा, तीनवटा फर्काइए

हिमाल प्रेस २१ फागुन २०८१ १६:५२
42
SHARES
तीव्र हावाका कारण त्रिभुवन विमानस्थलमा हवाई उडान प्रभावित, ६ वटा विमान होल्डमा, तीनवटा फर्काइए

काठमाडौँ- तीव्र हावा लागेका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले हिमालप्रेससँग भने ‘तीव्र टेलविन्ड (पछाडिबाट आउने हावा) का कारण अवतरण गर्न खोज्ने उडानहरू प्रभावित भएका छन्।’ उनका अनुसार ६ वटा उडान होल्डमा बसेका छन् भने तीनवटा विमान डाइभर्ट गरेर अन्यत्र लगिएको छ।

शेर्पाका अनुवार चेंग्दुबाट आएको एयर चाइना उडानलाई भैरहवा मोडिएको छ भने अबुधाबीबाट आएको एयर अरेबियाको विमानलाई बनारस पठाइएको छ। इन्डिगो एयरलाइन्सको विमान पनि भारततिरै फर्काइएको छ।

केही अन्तर्राष्ट्रिय उडानहरू होल्डमा राखिएका छन्। तीमध्ये नयाँदिल्लीबाट आएका एयर इन्डियाका दुई उडान, क्वालालम्पुरबाट आएको बाटिक एयर, टोकियो नरिताबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेजको उडान आकाशमै छन्। यसका साथै केही आन्तरिक उडानहरू पनि प्रभावित भएको शेर्पाले बताए।

शेर्पाका अनुसार टेलविन्डको गति १९ नटिकल माइलसम्म मापन गरिएको छ। सामान्यतया विमान अवतरणका लागि अधिकतम १० नटिकल माइल टेलविन्ड झेल्न योग्य हुने प्रमाणित गरिएका हुन्छन्। टेलविन्ड भनेको जहाज अवतरण गर्दा पछाडिबाट आउने हावा हो। यसले विमानलाई पछाडिबाट हुत्याइदिने खतरा हुन्छ।

 

प्रकाशित: २१ फागुन २०८१ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast