स्वामी आनन्द अरुणको स्मरणमा किसुनजी

हिमाल प्रेस २१ फागुन २०८१ ७:३१
6
SHARES
स्वामी आनन्द अरुणको स्मरणमा किसुनजी

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक, एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा गंगा आरती गरिएको छ।

उनको स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा सन्त नेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज बेलुकी पशुपतिनाथ मन्दिर, बागमतीमा विशेष आरती गरिएको हो। कार्यक्रममा केन्द्रका अध्यक्ष लोकेश ढकालले १४ वर्षअघि किसुनजीको शव पशुपतिमा जलेसँगै मूल्य, मान्यता र निष्ठाको राजनीति पनि जलेको धारणा राखे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको पनि उपस्थिति रहेको थियो।

विसं १९८१ पुस ८ गते जन्मिएका किसुनजीको २०६७ साल फागुन २० गते निधन भएको थियो। उनी देशको दुई पटक कार्यकारी प्रमुखको भूमिकामा रहँदा पनि अध्यात्मलाई नछोडेको धेरैले स्मरण गर्ने गरेका छन्। विसं २०१५ मा पहिलो पटक निर्वाचित संसद्को सभामुखका रूपमा पनि किसुनजीले काम गरेका थिए।

किसुनजी अडान भएको, आदर्शमा नचुक्ने नेताका रूपमा चिनिन्छन्। पञ्चायतकालमा सुन्दरीजल बन्दी गृहमा बस्दा बीपी कोइराला र गणेशमान सिंह पञ्चायतले तयार गरेको कागजातमा हस्ताक्षर गरेर निस्किँदा पनि किसुनजी थप २० महिना एक्लै जेल बसी कागजातमा हस्ताक्षर नगरी निस्किएको इतिहास छ।

प्रधानमन्त्री भएका बेला किसुनजीले बालुवाटारमा सरकारी काममा आएकालाई सरकारी भान्साबाट चियापान गराउने र आफूलाई व्यक्तिगत कामले भेट्न आएकालाई निजी भान्साबाट चिया खुवाउने गरेको स्मरण गर्छन् स्वामी आनन्द अरुण।

दार्शनिक चाणक्यमा जस्तै मितव्ययी दर्शन किसुनजीमा पनि रहेको उनको भनाइ छ। स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

विसं २०८० पुस ८ गतेदेखि २०८१ पुस ८ गतेसम्म किसुनजीको जन्म शताब्दी वर्ष मनाइएको थियो। किसुनजीको जन्म शताब्दी वर्षकै अवसरमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष एवं कांग्रेस नेता ढकालले सुनाए ।

प्रकाशित: २१ फागुन २०८१ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast