अमेरिकाको संयुक्त सदनमा सम्बोधन गर्दै ट्रम्प

हिमाल प्रेस २१ फागुन २०८१ ७:०३
12
SHARES
अमेरिकाको संयुक्त सदनमा सम्बोधन गर्दै ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद्का दुवै सदनमा संयुक्त रूपमा सम्बोधन गर्ने भएका छन्। ट्रम्पले अमेरिकी संसद्का दुवै सदन (प्रतिनिधिसभा र सिनेट) लाई अमेरिकी समयअनुसार साँझ ९ बजे संयुक्त रूपमा सम्बोधन गर्न लागेका हुन्।

जनवरीमा दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले पहिलोपटक संसद्लाई सम्बोधन गर्न लागेका छन्। बीबीसीका अनुसार ट्रम्पले युक्रेनलाई दिइने सैन्य सहायता रोक्ने निर्णय गरेपछि उनको सम्बोधन हुन लागेको हो।

राष्ट्रपति ट्रम्पको सम्बोधन दोस्रो कार्यकालको पहिलो ४४ दिनमा उनले ल्याएका तीव्र परिवर्तनहरूको निरन्तरता र व्याख्या हुने अनुमान गरिएको छ। ट्रम्प आफ्ना चुनावी बाचा पूरा गर्नुपर्ने दबाबमा छन्।

यसैगरी दोस्रो कार्यकाल सम्हाल्दादेखि ट्रम्पले संघीय सरकारको संरचना परिवर्तनमा विभिन्न कदम चालेका छन्। रूस-युक्रेन युद्ध जस्ता विषयमा उनले लिएको कडा नीति विशेष चासोको विषय हुनेछ।

उनले युक्रेनलाई दिइने सैन्य सहायता रोकेपछि यसबारे कस्तो धारणा राख्छन् भन्ने चासोको विषय छ। साथै क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

प्रकाशित: २१ फागुन २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast