फेवातालमा फसेका ३ जनाको सशस्त्रद्वारा सकुशल उद्धार

हिमाल प्रेस २० फागुन २०८१ २१:२९
18
SHARES
फेवातालमा फसेका ३ जनाको सशस्त्रद्वारा सकुशल उद्धार

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीनजनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरी दाहाल प्याडल बोटमा बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण फेवातालमा फसेका थिए ।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल न. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २० फागुन २०८१ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast