
काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको आगामी महाधिवेशन २०८२ सालमै हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले निर्धारित मितिमै गर्नका लागि होमवर्क गर्नुपर्ने बताए। उनले यदि सम्भव नभएमा ०८४ सालसम्ममा गर्नुपर्ने तर चुनावपछि धकेल्नु नहुने बताएका छन्। उनले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
केसीले वर्तमान सरकार गठन हुँदा दुई दलबीच संविधान संशोधनको विषयमा सात बुँदे सहमति भएकाले सरकारमा सहभागी दलहरु इमान्दारिताका सो प्रक्रियामा अघि बढ्नुपर्ने बताए।
प्रकाशित: २० फागुन २०८१ २१:१२
प्रतिक्रिया