जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता नलिने, भूमिसम्बन्धी अध्यादेशमा मत नदिने

हिमाल प्रेस २० फागुन २०८१ २०:११
70
SHARES
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता नलिने, भूमिसम्बन्धी अध्यादेशमा मत नदिने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको जानकारी दिए।

बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उनले बताए ।

उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको उल्लेख गरे । अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उनले जनकारी दिए ।

त्यस्तै बैठकले नो केबलकार अभियानप्रति समर्थन जनाउँदै वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता सुमनले जानकारी दिए । बैठकले सबै स्थानीय तह र भातृ संस्थाको अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको उनले बताए ।

सबै अधिवेशन सम्पन्न भएसकेपछि हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली राजमार्गमा सय दिने जनतासँग भेटघाट अभियान चलाउने निर्णय बैठकले गरेको छ ।

प्रकाशित: २० फागुन २०८१ २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast