पाहुना टोलीको पोष्टमा एपीएफको १४ गोल, रश्मिको दोहोरो ह्याट्रिक

हिमाल प्रेस २० फागुन २०८१ १९:४६
84
SHARES
पाहुना टोलीको पोष्टमा एपीएफको १४ गोल, रश्मिको दोहोरो ह्याट्रिक

काठमाडौँ- एपीएफ क्लवले इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबलमा पाहुना टोली मदर टेरेसालाई १४ गोल गरेको छ।

ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपीएफले सानदार गोल गर्दै सेमिफाइनल प्रवेश गरेको हो। एपीएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो।

एपीएफको जितमा रश्मिकुमारी घिसिङले ६ गोल, कप्तान अनिता बस्नेतले ह्याट्रिकसँगै ५ गोल गरिन् । अनिता केसी, मनमाया दमाइ र कुसुम खतिवडाले समान १ गोल गरे।

छैंटौं मिनेटमा अनिता केसीको गोलमा एपीएफले अग्रता लियो। १२औं मिनेटमा मदर टेरेसाकी प्रतिज्ञा क्षेत्रीले बराबरी गोल गरिन्। त्यसपछि अनिता बस्नेत र रश्मिले पहिलो हाफमा ह्याट्रिक पूरा गरिन्‌। अनिताले खेलको २१, २६ र ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले ४२औं र ६१औं मिनेटमा गोल थपिन्।

रश्मिले २३, ३१ र ४३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले ४९, ५१ र ५८औं गोल थपिन्। मनमायाले ६८औं र कुसुमले ७५औं गोल गरिन्। रश्मि प्लेयर अफ दी म्याच घोषित भइन् र उनके ५ हजार रुपैयाँ पाइन्।

प्रकाशित: २० फागुन २०८१ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast