२२ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय पक्राउ

हिमाल प्रेस २० फागुन २०८१ १९:२१
22
SHARES
२२ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट दुई भारतीय पक्राउ त्रिभुवन विमानस्थलबाट बरामद गरिएको गाँजा। तस्बिर : सशस्त्र प्रहरी
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार सशस्त्र प्रहरीले २२ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
थाई एयरवेजको उडान नं TG319 बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षिय महिलाले लगेजभित्र चक्लेटको प्याकेट बनाएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसले पुन जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ।
प्रकाशित: २० फागुन २०८१ १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast