संविधान सभा सदस्य इस्लाम हवारी राजेन्द्र महतोको पार्टीमा

हिमाल प्रेस २० फागुन २०८१ १८:५३
60
SHARES
संविधान सभा सदस्य इस्लाम हवारी राजेन्द्र महतोको पार्टीमा

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आज संविधान सभा सदस्य एवं आम जनता पार्टीका केन्द्रीय सचिव इस्लाम हवारी प्रवेश गरेका छन्।

पर्सा जिल्लामा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री महतोको हातबाट हवारीले औपचारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरेको छ।

कार्यक्रममा माननीय इस्लाम हवारीसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। यस अवसरमा पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कलवार लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता पार्टीका पर्सा जिल्ला अध्यक्ष राजेश साहले गरेका थिए। कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका विभिन्न नेताहरूले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै पार्टीको वैचारिक मार्गदर्शनबारे जानकारी गराए।

पार्टी प्रवेशपछि इस्लाम हवारीले राष्ट्रिय मुक्ति पार्टी नेपाल मधेश सहित देशको अधिकार र पहिचानको लागि लड्ने एकमात्र पार्टी भएको बताए। उनले राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ सशक्त बनाउन आफ्नो पूर्ण योगदान रहने र यो देश बहुलराष्ट्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित: २० फागुन २०८१ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast