
काठमाडौँ- भारतबाट ब्राउन सुगर ल्याउने २ जनालाई सशस्त्र प्रहरीले झापाबाट पक्राउ परेको छ। झापाको भद्रपुर नगरपालिका ३ स्थित झुलुङ्गेपुलबाट सशस्त्रको बोर्डर आउट पोस्ट महेशपुरले शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकामा तनहुँ भानु नगरपालिका १२ कवाजित बस्ने २४ वर्षका र सुनसरी रामधुनी नगरपालिका ३ सिंघीया बस्ने २७ वर्षका २ युवक छन्।
भारतबाट नेपालतर्फ बा ९० प १६७५ नम्बरको स्कुटरमा आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्सभित्र लुकाएर ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ (३०१ ग्राम) फेला परेको सशस्त्रका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: २० फागुन २०८१ १७:४२
प्रतिक्रिया