
काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा सल्यान खड्गी नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सल्यान खड्गीलाई सोही जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गर्दै खड्गीलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएका हुन्।
उनलाई एन्फाले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ लाई आधार बनाएर जिम्मेवारी दिएको छ। यता राष्ट्रिय टिमको मुख्य प्रशिक्षक म्याट रस नियुक्त भएका छन्।
प्रशिक्षक रसले यी खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।
प्रकाशित: २० फागुन २०८१ १७:३१
प्रतिक्रिया