सिलिन्डरको भाउ बढाउन दिने सहमतिसँगै स्थगित भयो उद्योगीको आन्दोलन [सहमतिपत्रसहित]

हिमाल प्रेस २० फागुन २०८१ १७:१५
8
SHARES
सिलिन्डरको भाउ बढाउन दिने सहमतिसँगै स्थगित भयो उद्योगीको आन्दोलन [सहमतिपत्रसहित]

काठमाडौँ- सिलिन्डरको भाउ बढाउन दिने सहमति भएसँगै आन्दोलनरत उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन्।

मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर काकी, नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो।

आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ। तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ। ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ।

यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ। विभिन्न माग राख्दै ग्यास उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए।

प्रकाशित: २० फागुन २०८१ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast