स्थायी शिक्षक नियुक्तिका लागि ५,२८४ जना सिफारिस

हिमाल प्रेस २० फागुन २०८१ १४:४५
1.1k
SHARES
स्थायी शिक्षक नियुक्तिका लागि ५,२८४ जना सिफारिस

भक्तपुर- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि ५,२८४ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ। उक्त निर्णय आयोगको मिति २०८१/११/१९ गतेको निर्णय अनुसार गरिएको हो।

आयोगले मिति २०८१/१/१२ गते प्रकाशित विज्ञापनको आधारमा खुला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट ७५ जिल्लाका लागि उम्मेदवारहरूको चयन गरेको हो।

उम्मेदवारहरूलाई शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ ख को उपदफा (१) र शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो।

सिफारिस गरिएका उम्मेदवारहरूको विवरण र अन्य सङ्ख्यात्मक तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाइएको छ।

प्रकाशित: २० फागुन २०८१ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast