दीपक निर्देशित ‘राजागंज’ को ट्रेलरमा मधेशमा आन्दोलन र बालक अपहरणको कथा

हिमाल प्रेस २० फागुन २०८१ १२:३२
6
SHARES
दीपक निर्देशित ‘राजागंज’ को ट्रेलरमा मधेशमा आन्दोलन र बालक अपहरणको कथा

काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखिएको छ।

मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ। प्रहरी इन्सपेक्टरको भूमिकामा अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राई छन्। आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्या प्रस्तुत गरिएको छ।

आगामी चैत १ मा फिल्म हलमा प्रदर्शन हुनेछ। फिल्ममा आशा र दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ।

फिल्म भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठुला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो।

फिल्म निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्।

 

प्रकाशित: २० फागुन २०८१ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast