पियोर इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला

हिमाल प्रेस २० फागुन २०८१ ११:५०
272
SHARES
पियोर इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला

काठमाडौँ- पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत (१ करोड ६० लाख रुपैयाँ बराबर) अर्थात् १ लाख ६० हजार कित्ता सेयर बाँके जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ।

त्यस्तै, १८ प्रतिशत (१४ लाख ४० हजार कित्ता) साधारण सेयरको १० प्रतिशत (१ लाख ४४ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आवेदन दिने समयसीमा चैत ५ गतेसम्म रहेको छ।

स्थानीय बासिन्दाले आयोजना स्थलका कार्यालय, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकका विभिन्न शाखाहरूबाट र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित: २० फागुन २०८१ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast