ग्लोबल आइएमई बैंकले एआई-एमएल ह्याकाथन आयोजना गर्ने

हिमाल प्रेस २० फागुन २०८१ ११:११
12
SHARES
ग्लोबल आइएमई बैंकले एआई-एमएल ह्याकाथन आयोजना गर्ने

काठमाडौँ-  ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै डिजिटल बैंकिङ सेवाहरूमा नवप्रवर्तन ल्याउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

ह्याकाथनले बैंकिङ क्षेत्रका सम्भावित सेवा र चुनौतिहरूको समाधान खोज्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ। प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना समाधानहरू प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर प्रदान गरिनेछ।

प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण अनलाइन पेपर प्रस्तुति (अप्रिल ४, २०२५ सम्म) र  दोस्रो चरण  अनसाइट ह्याकाथन (मे १, २०२५) सम्म हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक व्यक्तिहरूले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ।

ग्लोबल आइएमई बैंक नेपालकै अग्रणी बैंक हाे।  ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४ प्राप्त गरेको छ।

मुलुकभर ३५५ शाखा, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन काउन्टर तथा ३ वटा विदेश प्रतिनिधि कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू लगायतका देशहरूबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।

ग्लोबल आइएमई बैंक प्रविधिमा आधारित वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउन तथा नवप्रवर्तनलाई प्रोत्साहित गर्न ह्याकाथन महत्त्वपूर्ण हुने बैंकले जनाएको छ।

प्रकाशित: २० फागुन २०८१ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast