मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा बाढी

हिमाल प्रेस २० फागुन २०८१ ७:४९
80
SHARES
मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा बाढी थापाथलीमा फुटेको मेलम्चीको पाइप। तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ- काठमाडौँ ल्याइएको मेलम्चीको पाइप फुट्दा सडकमा बाढी आएको छ। मेलम्चीको पाइप थापाथली चोक नजिकै फुट्दा सडक अवरुद्ध भएको हो। थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइप फुटेको हो।

पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौँ उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ। मर्मतको काम भइरहेको केन्द्रले जनाएको छ। यसअघि पनि मेलम्चीको पानी काठमाडौँको बागबजारमा फुटेको थियो।

प्रकाशित: २० फागुन २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast