
काठमाडौँ- कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताबमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, मेमोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डपलर, बोन मिनेरल डेनसिटी टेस्ट, इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्मको छुट दिने सम्झौता भएको हो।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै देशभर ३०२ शाखा सञ्चालन गरिरहेको छ।
प्रकाशित: १९ फागुन २०८१ १९:५२
प्रतिक्रिया