
रूपन्देहीको जिल्ला कारागार सदरमुकाम भैरहवामा अवस्थित छ। घना बस्तीको बीचमा रहेकाले यसबाट विभिन्न समस्या हुने गरेको र नगरको सुन्दरतामा समेत असर परेको भन्दै नगरप्रमुख खाँले कारागार स्थानान्तरणको पहल गर्न मन्त्री लेखकसँग आग्रह गरेका थिए।
छलफलका क्रममा भैरहवास्थित जिल्ला कारागारको हालको जग्गा नगरपालिकालाई हस्तान्तरण गरी बदलीमा नगरपालिकाले अन्यत्र उपयुक्त जग्गा प्रदान गर्ने प्रस्ताव नगरप्रमुख खाँले गृहमन्त्री लेखकसमक्ष प्रस्ताव राखेका थिए।
गृहमन्त्री लेखकले नगरप्रमुख खाँको प्रस्ताव सकारात्मक रहेको भन्दै कारागारका लागि नयाँ भवन निर्माण गर्न बजेट सुनिश्चित गरी स्थानान्तरणको प्रक्रियाअघि बढाइने प्रतिबद्धता जनाए।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा भाग लिन उनी भैरहवा आएका हुन्।