
सर्लाही– सर्लाहीको चक्रघट्ट गाउँपालिका–२ बेल्हीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार बीआर ३० प १७०३ नम्बरको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।
बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो।
उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
प्रकाशित: १९ फागुन २०८१ १८:२७
प्रतिक्रिया