नैतिक मूल्यमान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल

हिमाल प्रेस १९ फागुन २०८१ १७:०७
नैतिक मूल्यमान्यता, सदाचार र योग सभ्य समाजका मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल काठमाडौँमा सोमबार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई भैरव सदाचार राष्ट्रिय पुरस्कार र प्रा.डा. विद्यानाथ उपाध्यायलाई नरकान्त योग राष्ट्रिय पुरस्कार प्रदान गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्यमान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन्। सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताएका हुन्।

पौडेलले भने, ‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ।’ राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्ध आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए। उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए।

राष्ट्रपति पौडेलले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमानदारी र कर्तव्यपरायणताको उदाहरणीय प्रतिमान स्थापित गरेका लमजुङ, दुराडाँडाका नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमानदारी, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश तनहुँ निवासी भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कार उनहरूको योगदानको प्रतीक भएको बताए।

सो अवसरमा राष्ट्रपति पौडेलले नरकान्त योग राष्ट्रिय पुरस्कार प्रा.डा. विद्यानाथ उपाध्यायलाई र भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रदान गरेका थिए।

प्रकाशित: १९ फागुन २०८१ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast