नेपाल आइडल सिजन-६ को अडिसन चैतदेखि

हिमाल प्रेस १९ फागुन २०८१ १४:४७
52
SHARES
नेपाल आइडल सिजन-६ को अडिसन चैतदेखि

काठमाडौँ- सा‌ंगीतिक रियालिटी सो नेपाल आइडलको छैटौं सिजनको अडिसन चैतदेखि सुरु हुने भएको छ। उपत्यकामा पत्रकार सम्मेलन गर्दै औपचारिक घोषणा गरिएको हो।

अडिसन चरणअन्तर्गत झापाको इटहरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै काठमाडौम्मा गरिनेछ।  नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ।

एपीवान टेलिभिजनले प्रस्तुत रहने छैटौं सिजनको निर्णायकमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन्। कार्यक्रम आसिफ शाहले सञ्चालन गर्नेछन्।

यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखेको एपीवानका प्रमुख कार्यकारी अधिकृत सुरेश पौडेलले जानकारी दिए।

‘यस सिजनका प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ।’ उनले भने।

यो कार्यक्रमले लुकेका प्रतिभालाई बाहिर ल्याएर संसारमाझ चिनाउन मद्दत गरेको अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए। नेपाल आइडलको नयाँ शृंखला पनि भव्य रूपमा सफल हुने उनको विश्वास छ।

सन् २०१७ देखि सुरु भएको नेपाल आइडलले नेपाली संगीत प्रेमीहरूलाई एउटै मालामा गाँसेर, नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेकाे छ।

पाँच सिजन पार गरिसकेको नेपाल आइडलका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार हुन्।

प्रकाशित: १९ फागुन २०८१ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast