गोरखामा ईभी माइक्रो दुर्घटना : घाइते सबैको पहिचान खुल्यो

हिमाल प्रेस १९ फागुन २०८१ १४:०३
80
SHARES
गोरखामा ईभी माइक्रो दुर्घटना : घाइते सबैको पहिचान खुल्यो

गोरखा- गोरखामा आज विहान भएको ईभी माइक्रो बस दुर्घटनामा घाइते १३ जनाकै पहिचान खुलेको छ। दुर्घटना एक जनाको मृत्यु भएको छ। मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेको ‘अनटेस्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका-३ स्थित कान्टारमा दुर्घटना भएको गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका-२ टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उनले बताए। सुवेदीको भनाइमा दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्युको हाे। बिहान करिब ११:२५ बजे माइक्रो कच्ची सडकबाट करिब १५ मिटर तल खोँचमा खसेको थियो।

दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार छन्।

अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए। घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ फागुन २०८१ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast